Tuesday, October 25

साहानाको सफलता

'यू हृयाब सो मच इनर्जी मिस नेपाल' गत शनिबार दक्षिण कोरियामा सम्पन्न 'मिस एसिया प्यासिफिक वल्र्ड-२०११' को उत्कृष्ट १५ मा प्रवेश गर्न सफल भए लगत्तै पूर्वमिस युनिभर्स तथा उक्त प्रतियोगिताकी एक निणर्ायक सुष्मिता सेनले नेपाली प्रतियोगी साहाना बज्राचार्यलाई बधाई दिँदै भनिन्- 'तिमीले स्टेजमा जुन कौशल देखायौ, म त्यसबाट प्रभावित भएँ।' 
एसिया-प्रशान्त क्षेत्रको सबैभन्दा बृहत् सौन्दर्य प्रतियोगितामा सहभागी ५४ देशका सुन्दरीमध्ये नेपालको प्रतिनिधित्व गर्दै दुई साताअघि कोरिया पुगेकी नेपाली सुन्दरी साहानाले उत्कृष्ट प्रस्तुतिसँगै सेमिफाइनलसम्मको यात्रा तय गरेकी हुन्। सोमबार साँझ काठमाडौं ओर्लिएपछि साप्ताहिकसँग कुराकानी गर्दै साहानाले भनिन्- 'म उत्कृष्ट ११ औं स्थानमा पर्न सफल भएँ, यसलाई मैले एउटा ऐतिहासिक सफलताका रूपमा लिएकी छु।'
'यू हृयाब सो मच इनर्जी मिस नेपाल' गत शनिबार दक्षिण कोरियामा सम्पन्न 'मिस एसिया प्यासिफिक वल्र्ड-२०११' को उत्कृष्ट १५ मा प्रवेश गर्न सफल भए लगत्तै पूर्वमिस युनिभर्स तथा उक्त प्रतियोगिताकी एक निणर्ायक सुष्मिता सेनले नेपाली प्रतियोगी साहाना बज्राचार्यलाई बधाई दिँदै भनिन्- 'तिमीले स्टेजमा जुन कौशल देखायौ, म त्यसबाट प्रभावित भएँ।' 

एसिया-प्रशान्त क्षेत्रको सबैभन्दा बृहत् सौन्दर्य प्रतियोगितामा सहभागी ५४ देशका सुन्दरीमध्ये नेपालको प्रतिनिधित्व गर्दै दुई साताअघि कोरिया पुगेकी नेपाली सुन्दरी साहानाले उत्कृष्ट प्रस्तुतिसँगै सेमिफाइनलसम्मको यात्रा तय गरेकी हुन्। सोमबार साँझ काठमाडौं ओर्लिएपछि साप्ताहिकसँग कुराकानी गर्दै साहानाले भनिन्- 'म उत्कृष्ट ११ औं स्थानमा पर्न सफल भएँ, यसलाई मैले एउटा ऐतिहासिक सफलताका रूपमा लिएकी छु।'
दक्षिण कोरियास्थित बुसान याचिङ सेन्टरमा सम्पन्न उक्त प्रतियोगितामा आयोजक राष्ट्र कोरियाकी २४ वषर्ीया पार्क सेई ब्युलले मिस एसिया प्यासिफिक वल्र्डको मुकुट पहिरिन सफल भइन्। प्रतियोगितामा प|mान्सकी फ्लोरिमा टे्रइबर फस्ट रनर्सअप भइन् भने रुसकी अन्ना बोटोभा सेकेन्ड रनर्सको मुकुट पहिरिन सफल भइन्। प्रतियोगिताको उत्कृष्ट पाँचमा पर्न सफल भएका सुन्दरीहरूमध्ये इन्डोनेसियाकी अलेसान्ड्रा अउमाना थर्ड रनर्सअप भइन् भने भारतीय सुन्दरी तान्वी सिङलाले फोर्थ रनर्सअपमा चित्त बुझाइन्। 
वर्ष २०१० को मिस नेपालमा फस्ट रनर्स अपको उपाधि विजेता साहानाले यसअघि गत वर्ष भियतनाममा सम्पन्न मिस अर्थ-२०१० मा समेत नेपालको प्रतिनिधित्व गरेकी थिइन्। 'अघिल्लो वर्ष मिस अर्थको सहभागिताले मलाई धेरै कुरा सिकाएको थियो, साहानाले एसिया प्यासिफकका लागि करिब एक महिनाभन्दा लामो तयारी गरेको बताइन्। दुई साताअघि कोरिया पुगेदेखि नै साहानासहित सबै प्रतियोगिहरूलाई विभिन्न प्रतियोगिता तथा रमाइला समारोहहरूमा सहभागी गराइएको थियो। 
खुला रंगमञ्चमा सम्पन्न निणर्ायक प्रतियोगिताको पहिलो सिक्वेन्समा साहानाले कोरियन पहिरनमा आफ्नो परिचय दिएकी थिइन्। 'रिहर्लसलका क्रममा म निकै थाकेकी थिएँ, साहाना भन्छिन्- 'तर मुख्य प्रतियोगिको पहिलो चरणमा स्टेजमा प्रवेश गर्ने बित्तिकै म प|mेस भएँ। पहिलो चरणमा पृष्ठभूमिमा नृत्य परक सांगीतिक धुन बजिरहेकाले म हाँस्दै, नाच्दै, क्याटवाक गर्दै अघि बढेँ, नमस्ते गरेर सबैलाई अभिवादन गरेँ अनि आफ्नो र नेपालको परिचय दिएँ।' 
प्रतियोगिताको दोस्रो चरण बिकिनी राउण्ड थियो। उक्त चरणमा साहानाले कालो रंगको बिकिनी लगाएकी थिइन्। 'प्रायः हामी नेपालीलाई बिकिनी लगाएर सार्वजनिक स्थलमा प्रस्तुत हुन असजिलो लाग्छ, साहानाको अनुभव थियो- 'तर उक्त सिक्वेन्स प्रतियोगिताको एउटा मुख्य पाटो हो भन्ने बुझेकाले म पहिलादेखि नै तयार थिएँ।' तेस्रो सिक्वेन्स 'नेसनल कस्ट्युम' को थियो। उक्त सिक्वेन्समा अन्य प्रतिस्पर्धिसँगै साहानाले पनि नेपालको प्रतिनिधित्व गर्ने पहिरन प्रदर्शन गरिन्। यसका लागि उनले नेपालको राष्ट्रिय झन्डाको रंगसँग मेल खाने कुर्ता-सलवार प्रदर्शन गरिन्। चौथो सिक्वेन्स लङ गाउनको भएकाले यसमा साहानाले मिस अर्थ- २०१० मै लगाएको गाउन लगाएर क्याटवाक गरिन्। 
त्यसपछि प्रतियोगितामा उत्कृष्ट १५ सुन्दरीको घोषणा गरियो। 'चार जनाको नाम घोषणा भएपछि मेरो नाम घोषणा गरियो, साहाना सम्भिmन्छिन्- 'उत्कृष्ट १५ मा मेरो नाम घोषणा हुने बित्तिकै ममा एक प्रकारको उमंग छायो।' सेमिफाइनल चरणमा सबै सहभागीलाई निणर्ायकले एक-एक वटा प्रश्न सोधे। 'तिमीलाई उत्कृष्ट १५ मा पर्न सफल भएकोमा कस्तो अनुभूति भैरहेको छ ?' भन्ने प्रश्नको जवाफ दिँदै साहानाले भनेकी थिइन्- 'विश्वभरिबाट भेला भएका सुन्दरीहरूलाई साथी बनाउन पाएँ साथै यति ठूलो प्रतिस्पर्धामा उत्कृष्ट १५ सम्म पुग्न पाउनुलाई मैले ठूलो सफलता तथा उपलब्धिका रूपमा लिएकी छु।' निणर्ायक प्रतिस्पर्धाभन्दा केही अघि सम्पन्न ट्यालेन्ट शोमा साहानाले 'म प्यार बेचिदिन्छु...' गीतमा आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन्। 
प्रश्नोत्तरण चरणपछि अन्तिम प्रतिस्पर्धाका लागि ५ जनाको नाम घोषणा गरियो। जसमा कोरिया, प|mान्स, भारत, रुस तथा इन्डोनेसियाका सुन्दरीहरू पुग्न सफल भए। प्रतियोगितामा थर्ड रनर्सअपको उपाधि विजेता इन्डोनेसियाका उस्मानले बेस्ट स्टाइल ड्रेसको शीर्षक एवार्ड पनि जितिन्। मंगोलियाकी उरान्टसेटसेग गनबोल्डले बेस्ट नेसनल कस्ट्युमको उपाधि जितिन् भने भेनेजुयलाकी युनेसी टुटा कोन्ट्रीरासले मिस ट्यालेन्टको उपाधि पाइन्। फिलिपिन्सकी मिचेल मार्था ब्रनले मिस फेभरेट इन्टरनेट पपुलारिटीको उपाधि जितिन्। प्रतियोगिताका अन्य उपाधिहरूमध्ये इन्डोनेसियाकै उस्मानले बेस्ट अफ एसिया, हंगेरीकी इभेट भेन्सलिक बेस्ट अफ युरोप, क्यामरुनकी ओल्गा इसाउमा बेस्ट अफ अपि|mका, क्यानाडाकी गोल्नाज हरान्डी वेष्ट अफ अमेरिका, गुआमकी नेओमी जिन सान्तोस बेस्ट अफ ओसियाना तथा पियर्टो रिकोकी इन्गि्रड फर्नान्डेज बेस्ट अफ क्यारिबियनका रुपमा छनौट भएका थिए।

श्रोत:  साप्ताहिक 

1 प्रतिक्रिया:

Shankar Banjara said...

नेपाली प्रतियोगी साहाना बज्राचार्यलाई बधाई

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails