बाँकी अंश.....

नवीन पोखरेल/लन्डन
उच्च शिक्षाको नाममा 'पाउण्ड टिप्न' लाखौं खर्चेर बेलायत आइपुगेका नेपाली विद्यार्थी काम नपाएपछि विचल्ली भएका छन् । आफैं आर्थिक मन्दी खेपिरहेको बेलायतमा पर्याप्त रोजगारी नहुँदा सिमित 'ट्राभल चेक' बोकेर बेलायत उत्रेका असंख्य विद्यार्थी भोकै बस्नुपर्ने वाध्यता छ । आर्थिक अभावले केही नेपाली विद्यार्थी लन्डनस्थित साउथहल पार्कमै सुतेको खवर प्रकाशमा आएका छन् । खर्च सकिएपछि काम खोज्न करिव दश माइल पैदल हिंडेको समेत विद्यार्थीको दुःखेसो छ ।
जुलाई २४ मा युके आइपुगेका चन्द्रमणी चाम्लिङ अझै कामविहीन छन् । कामको खोजीमा उनले शहर डुल्दै धेरै सिभी छाडिसके । 'फोन आउने आशमा सिभी छोड्यो, तर कुनै जवाफ नआउँदा त दिक्कार लाग्छ'-उनको दुखेसो छ । धरान निवासी उनले कलेज अफ आइटी एण्ड इकमर्श, लन्डन बि्रजमा एड्भान्स् ग्रयाजुएड्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट पढ्न अंग्रेजी कोर्स सहित ३५ सय पाउण्ड बुझाइसकेका छन् । बुधवार, बिहिवार दुई दिन कलेज गएपछि बाँकी समय बिताउन सार्वजनिक पुस्तकालयमात्र उनको विकल्प छ । 'राम्रो शिक्षा र बाँच्नसम्म पाए मलाई अब कमाउने आस हरायो'-उनले भने-'खाने ठेगान छैन्, सिंगल बेडमा दुई जनासम्म सुत्नु परेको छ, के विजोग भयो यस्तो ।' बेलायतमा काम पाउन मुश्किल छ भन्ने थाहा हुँदाहुँदै पनि विदेश जाने चक्करले युके आएको बताउन लजाएनन् उनी । भने-'आइयो, चिन्ताले अन्यत्र सोच्नै भ्याएको छैन्, काम भएन भने त टिक्न पो गार्हो छ ।'
ह्यारोस्थित हेलिफ्याक्स् कलेजमा होटल म्यानेजमेन्ट पढ्न कलेज शुल्कमात्र ४६ सय पाउण्ड -करिब ६ लाख नेपाली) तिरेर १४ सेप्टेम्बरमा बेलायत आएका कृष्ण चौधरीको मन कामविहीन अन्य साथीहरुको रोदन र बेरोजगारी समस्याले झनै विक्षिप्त बनाइदिएको छ । 'सबै साथी काम पाइएन मात्र भन्छन्, मेरो समेत आशा हरायो'-चौधरीको चिन्ता छ-'अर्को वर्षको कलेज शुल्क त छँदैछ, व्याजमा खोजेको लाखौं रुपैंया ऋण कसरी चुक्ता गर्ने भन्ने पिरलोले पो दिक्दार लाग्न थाल्यो ।'
नेपाल मेडिकल कलेजमा दश वर्ष काम गरेर सेन्ट्रल लन्डनस्थित साइटेक कलेजमा हेल्थ केयर म्यानेजमेन्ट पढ्न २२ जुलाई, ००९ मा युके आइपुगेकी गीता ढकाल बाँच्नका लागि अझै कामको खोजीमा छन् । भौंतारिंदा भौंतारिदा सेन्ट्रल लन्डनमा साताभरका लागि १२ घण्टामात्र काम पाएकी उनले भनिन्-'अहिलेको कमाई ट्राभलमै सकिन्छ, अब कमाउन भन्दा पनि युके आउँदा खर्च भएको ८ लाख कसरी उठाउने भन्ने नै चिन्ता भयो ।'
बेलायत सरकारले अपि्रल १, २००९ देखि उसकै शव्दमा 'कडा नियम' लागू गरेपछि बेलायत पढ्न आउने विद्यार्थी संख्या झन् बढिरहेको छ । तर, विद्यार्थी एकैपटक ओइरिंदा न काम छ, न आवास व्यवस्था । 'एकोमोडेशन' का लागि अगि्रम शुल्क बुझाइसकेका विद्यार्थी पनि कलेज व्यवस्थापनको चतुर्याइंका कारण कि त एउटै बेडमा तीन जना सुत्न वाध्य छन्, कि भुईंमा । नेपालीको बढि जनघनत्व भएको लन्डनस्थित प्लमस्टिडमा त कलेज व्यवस्थापनले केटाकेटीलाई एउटै कोठामा लस्करै सुताइदिएको समेत विद्यार्थीको गुनासो छ ।
नयाँ विद्यार्थी नौलो ठाउँमा ठगिएका उदाहरण पनि उत्तिकै छन् । बढिमा सात पाउण्डको 'डे ट्राभल कार्ड' बाट गन्तव्यसम्म पुग्न सकिने हुँदाहुँदै ट्याक्सी वा क्यावले ५० देखि एक सय पाउण्ड सम्म लिएका पाइएको छ । अरु त अरु, अहिले एकथरि नेपाली नै आफ्नै देशका नयाँ विद्यार्थीलाई एयरपोर्टबाट 'पिकअप' गर्ने नाममा सयौं पाउण्डसम्म लिएर कमाउने धन्दामा लागेको चर्चा पनि छ ।
'केही विद्यार्थीले त साउथ इष्ट लन्डन पुग्न एक सय पचास पाउण्ड ट्याक्सीलाई तिरेछन् जुन तेब्बर बढि हो'- म्यारिटाइम ग्रीनवीच कलेज, लन्डनका पि्रन्सिपल नरेन्द्र कंडेल भन्छन् । एकवर्षको कलेज शुल्क तिरेपछि साथमा ६ महिनाका लागि पुग्ने खर्च बोकेर मात्र युके आउन सुझाव दिंदै उनले भने-'कमाइएला भन्ने आशमा ब्याजमा ऋण लिएर युके आउनु बेकार छ ।'
हल्लै हल्लाको भरमा युके ओइरिने विद्यार्थीलाई उचित सल्लाह/सुझाव दिन गठित 'स्टुडेन्ट्स हेल्प डेक्स एसोसिएसन' का कमल पन्थीको भनाइमा अहिले उनको शरणमा पुग्ने नेपाली विद्यार्थी असंख्य छन् । 'सबैको रोदन र विजोग हेर्नु बाहेक अन्य विकल्प हामीसंग पनि छैन् । हामी विद्यार्थीलाई केवल हटलाइन र इमेलमार्फत वस्तुस्थिति बताइदिन मात्र सक्छौं'-पन्थीले भने-'यहाँ ज्याक चल्दैन, काम कतै छैन् ।'
बेलायत सरकारको पछिल्लो 'प्वाइन्ट सिस्टम' बमोजिम युरोपेली बाहेक अन्य राष्ट्रका विद्यार्थीहरु बेलायत ल्याउन कलेजले होम अफिसबाट 'युकेबीए लाइसेन्स्' लिन जरुरी छ । लाइसेन्स प्राप्त कलेजहरुलाई सरकारले वाषिर्क कोटा दिने र त्यही कोटाभित्र सीमित रहेर विद्यार्थी झिकाउन पाइने नियम अनुसार यतिखेर नेपालबाट धमाधम विद्यार्थी युके ओइरिएका छन् । तर भाषा, अनुभव एवं कानुनी रुपमा पार्टटाइम (साताको २० घण्टा) मात्र काम गर्न पाउने विद्यार्थीको 'स्ट्याटस्' ले कामै पाउन मुश्किल छ ।
प्रायः सार्क र अफ्रिकी मुलुकका विद्यार्थीहरुले बेलायतमा रेष्टुरेन्ट, म्याकडोनाल्ड, केएफसी, हस्पिटल वा नर्सिङहोमतिर काम पाउँछन् । यद्यपि, आर्थिक मन्दीले यतिखेर त्यो सम्भावना पनि टरेको छ । भारतीय, बंगाली र पाकिस्तानीहरुले रेष्टुरेन्टमा काम दिए पनि घण्टाको ४ पाउण्ड हाराहारी मात्र दिएर श्रम शोषण गरिरहेका छन्, जुन एकदम न्यून ज्याला हो ।
पछिल्लो विश्व आर्थिक मन्दीको चपेटामा परेपछि बेलायत आफैं निरिह छ । बेलायतमा हाल बेरोजगार संख्या २.४ मिलियन -२४ लाख अधिक) पुगेको यहाँको राष्ट्रिय तथ्यांक विभाग बताउँछ । यो नोभेम्बर १९९६ यताकै अत्यधिक बेरोजगार प्रतिशत हो ।
बेलायतमा अहिले काम पाउने सम्भावना अत्यन्त कम रहेको बुझेका लन्डन थेम्स् कलेजका निर्देशक वीपी खनाल भन्छन्-'कलेजमा नियमित हाजिरी हुनुपर्ने अवस्थाले विद्यार्थीलाई काम पाइहालेमा पनि गर्न अप्ठ्यारो छ । त्यसकारण काम, अध्ययन र पैसाको तालमेल मिलाउन सक्नेबारे विश्वस्त भएमा वा परिवारले पढाइका लागि चाहिने रकम पुर्याउन सक्ने निश्चित छ भनेमात्र विदेश जाने प्रक्रिया शुरु गर्न मेरो सुझाव छ ।'
युके आएका नेपाली विद्यार्थीको विजोग गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएन, युके) सम्म पुगेको छ । नवनिर्वाचित एनआरएन, युके अध्यक्ष सूर्य गुरुङले विद्यार्थीका समस्यातर्फ आफूहरुको ध्यानाकर्षण भएको जनाउँदै भने-'धेरै विद्यार्थीले दुःख पाएका खवर सुन्नमा आएको छ, बेलायतमा नेपालीका धेरै रेष्टुरेन्ट भएकाले नयाँ विद्यार्थीलाई रेष्टुरेन्टमा भएपनि काम लगाइदिन हामीले सोचेका छौं ।'
बेलायतका विश्वविद्यालयमा मात्र युरोपेली मुलुक बाहेकका ३ लाख ४० हजार भन्दा बढि विद्यार्थी अध्ययनरत रहेको अनुमान छ । उनीहरुले वाषिर्क अध्ययन शुल्कमा १.२५ विलियन पाउण्ड, बसाईमा १.६ विलियन र बेलायतको अर्थतन्त्रका लागि वाषिर्क ८.५ विलियन पाउण्ड योगदान गर्ने गरेको अध्ययनमा छ ।
साभार: नागरिक न्यूज
केही दिन पहिले गोर्खापत्र दैनिकमा प्रकाशित सम्पादकिय् बिचार लेख मलाई सान्दर्बिक जस्तो लाग्यो, त्यस लेख बर्तमान सित केही मेल खाएको जस्तो पनि लाग्यो, यो लेख त्यस पत्रिका मार्फत पढ्न नपाएका पाठकहरुले यस ब्लग मार्फत भए पनि पढ्ने मौका पाओस भने हेतुले एक चोटि फेरी राखेको हुँ।
बिदेशमा गै सके पछि नेपाली बिद्यार्थीहरुले कस्ता समस्या झेल्नु परि रहेको छ, त्यसको जानकारी सरकारलाई पनि न भएको त काहाँ होला र…! नेपालमा बसीरहेका अभिबावकहरुलाई पनि त्यति थाहा के होला र किन भने कति बिद्यार्थीहरुले आफुले पाएको समस्या आफ्नै मनमा दबाएर राखेका पनि हुन्छन्, कमै बिद्यार्थीहरुका अभिबावकहरुलाई मात्र थाहा हुन्छ होला, जो आफ्नो परिबारलाई आफुले भोगेका समस्या र कुराहरुको साँचो जानकारी दिएका हुन्छन, बिदेश जानु पुर्ब सबैले यही सोचेका हुन्छन कि उटा पुग्न पायो भने केही न केही ब्यबस्था त भै हाल्छ। तर तिनीहरुले न सोचेका र सोचे भन्दा फर्क भे दियो भने अनी मात्र सोच्न थाल्छ बेकारमै नेपाल छोडी बिदेशमा हन्टर खानलाई आएको ।
जसले भोगी सकेका हुन्छ या त त्यसलाई थाहा छ र जसले भोगि रहेका छन् त्यसलाई थाहा छ।
वापस नेपाल बोलाऊँ त्यतिका पैसा खर्च गरी पठाएकालाई नेपाल बोलाएर पनि के गर्ने, अनि छिमेकी तथा आफ्ना नाता गोटाहरुको अगाडी के जवाफ दिने। यस्तै प्रश्न तेर्सि रहेको हुन्छ…………….!
उच्च शिक्षा अध्ययनका लागि विदेशिने प्रसङ्ग नौलो होइन । आर्थिक हैसियतले सक्नेहरू मात्र होइन नसक्नेहरू पनि अनेकन् उपायहरू अवलम्बन गरी दिन दुई गुणा रात चौगुनाको गतिमा विदेशिएको सुनिन्छ । अमेरिका, बेलायत, अष्ट्रेलियालगायत क्यानाडा, सिङ्गापुरसँगै छिमेकी राष्ट्र भारत, पाकिस्तान, चीनलगायतका देशमा पढ्न जानेहरू प्रशस्त छन् । ती विभिन्न राष्ट्रहरूमा पढ्न जाने नेपाली विद्यार्थीहरूले औपचारिकरूपमा जे जति प्रक्रिया पूरा गर्छन्, त्यसको तथ्याङ्कका आधारमा विदेशमा सबैभन्दा बढी पढाइको आकर्षण बेलायतको रहेको छ । खासगरी आर्थिक मन्दीलगायतका विविध कारणले अष्ट्रेलिया अमेरिकातिरका विश्वविद्यालयहरूले भर्ना प्रक्रियामा जटिलता थपिदिएकाले र बेलायतको भने प्रवेशाज्ञा नीति केही लचिलो भएकाले पनि हाल बेलायतको पढाइमा आकर्षण देखिएको बताइन्छ । हुन त अचेल विदेशको पढाइ भन्नासाथ पहिले जस्तो सजिलो अवस्था र सरल नीति स्वदेशदेखि विदेशसम्ममा देखिँदैन । मुलुकमै भर्नाका लागि प्रक्रिया थालनी गर्न शैक्षिक ऋण सीमित बैंकहरूबाट लिनुपर्ने र एकाध बैंकको ऋण स्वीकृतिलाई मात्र विदेशका विश्वविद्यालयले स्वीकार्ने गरेको अवस्था छ । त्यति मात्र होइन हिजोआज त त्यसरी अध्ययनका लागि विश्वविद्यालयमा बुझाउन लिइने र पठाइने रकममा समेत कर लगाउनाले झन् जटिलता थपिदिएको छ । यसबाहेक राज्यसंयन्त्रले त्यसरी पढ्न जाने नेपाली विद्यार्थीहरूलाई अन्य कुनै आवश्यकीय सरसहयोग नगरेर केवल 'नो अब्जेक्सन' पत्र मात्र थमाउने अवस्थाबाट भलीभाँती सबै जानकार छन् ।
पनि स्वदेशमा आवश्यकीय र स्तरीय पढाइ नहुने भएपछि विद्यार्थीहरू विदेशिन्छन् नै । तर यसरी जब विद्यार्थीहरू विदेशिन्छन् तब उनीहरूलाई हामीले कुनै आपत्ति नभएको व्यहोराको चिठ्ठी थमाएर मात्र पुग्दैन । उनीहरूले पढ्नका लागि खर्चने रकमको निश्चित प्रतिशतसम्म कर लिएपछिको अवस्था र आˆना नागरिक भएको अर्थमा समेत उनीहरू के र कसरी कुन अवस्थामा पढेका र रहेका छन् ? त्यसको समय समयमा जानकारी एवं अनुगमन राज्यले गर्नुपर्छ । आज जसरी अष्ट्रेलिया एवं अमेरिकामा पढ्न गएका नेपाली विद्यार्थीहरूको 'बिजोग' को कुरो प्रकाशमा आएको छ, त्यसमा राज्यले कहीँ, कतै खोजी र चासो देखाएको पाइँदैन । केही समयअघि चीनमा मेडिकल पढ्न गएका विद्यार्थीहरूले 'इन्टर्न' को क्रममा भाषा समस्या व्यहोरेको दारुण कथासमेत हाम्रै अगाडि सार्वजनिक भएको हामीले देखेको नै हौँ । पक्कै पनि यथासमयमा राज्य संयन्त्रले उनीहरूमाथि चासो र चिन्ता दर्शाइदिएको भए पछि त्यसले आन्दोलनसम्मको स्वरूप पक्कै ग्रहण गर्दैनथ्यो । एकप्रकारले हामी मुलुकभित्रै आवश्यकीय मात्रामा स्तरीय शिक्षा दिन नसक्ने र होनहार विद्यार्थीहरू दिनदिनै पलायन हुने परिस्थितिलाई टुलुटुलु हेरेर बस्न बाध्य छौँ । यसैकारण अब यस विडम्बनालाई चिर्न एउटा स्पष्ट नीति, सोच र संयन्त्र बनाएर अनुगमन गरिनु अत्यावश्यक छ । आˆनो उच्च भविष्य निर्माणका लागि विभिन्न किसिमका समस्या खेप्दै पढ््नकै लागि विदेश पुगेकाहरू मुलुककै नागरिक हुन् भन्ने दृष्टिकोण सम्बद्ध पक्षले आत्मसात् गर्दै विदेशमा उनीहरू के-कस्तो अनुकूल वा प्रतिकूल परिस्थिति बीच बाँच्न बाध्य र विवश छन् भन्ने यथार्थ पत्ता लगाउन र समस्या देखिए त्यसमा तत्काल समाधान गर्न राज्य संवेदनशील हुनैपर्ने देखिएको छ
श्रोत: गोर्खापत्र
गत चैत ५ गते प्रहरीले काठमाडौंमा दुई थान एस.एम.जी.सहित तीन जनालाई पक्राउ गरेपछि नेपालमा अन्तर्राष्ट्रिय आतंकवादी समूहको श्रोत: नेपाली पत्र
विश्व हल्लाएको आतंकवादी संगठन अलकायदासँग सम्बद्ध रहेको भन्दै पछिल्लो एक महिनामा नेपालभित्रै आठ जना शंकास्पद आतंककारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तीन पाकिस्तानी नागरिक र पाँच जना नेपाली छन्। पाकिस्तानीहरु नेपालबाट भारत छिर्न लाग्दै गरेको अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए भने अन्य पाँच जना नेपाली भारतसँग सीमा जोडिएको सुदूर पश्चिमको कैलालीमा पक्राउ परेका हुन्।
चलखेल बढेको प्रहरीले आशंका गरेको थियो। यद्यपि, यसअघि पनि नेपाल अन्तर्राष्ट्रिय आंतकवादीको लुक्ने ठाउँ रहेको धेरैले आशंका गर्ने गरेका थिए। यिनै आशंकाका आधारमा सुरक्षाकर्मीहरुले गोप्यरुपमा एउटा अनुसन्धान ब्युरो नै बनाएको थियो। सोही व्युरोले नेपालमा अन्तर्राष्ट्रिय आतंकवादी समूहको सञ्जालबारे अनुसन्धान गरेर आफ्नो प्रतिवेदन तयार पारिसकेको बुझिएको छ। सो प्रतिवेदनमा दिएको सुझावअनुसार अहिले विमानस्थलमा विशेषगरी पाकिस्तान र भारतबाट आउने विमानमा निगरानी बढाइएको छ। सो रिपोर्ट सुरक्षासम्बद्ध उच्च अधिकारीको हातमा मात्र रहेको बुझिएको छ। चैत ५ गते पक्राउ परेका तीन जना भारतीय डन छोटे राजनको समूहका सदस्य रहेको प्रहरीको निष्कर्षपछि सीमापारिका आतंकवादीको चलखेल गर्न नेपाल सजिलो बन्दै गएको विश्लेषण पनि सुरक्षा संयन्त्रको छ। यही आशंका रहेको समयमा प्रहरीले एकजना पाकिस्तानी नागरिकलाई साउन ८ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्योे। पक्राउ परेका पाकिस्तानी नागरिक शेर आलाम हुन्। पाकिस्तानको कराँची हुँदै कतार पुगेको र त्यहाँ केही समय बसी नेपाल आएका पासपोर्ट नम्बर एई १७५७०७१ भएका ती व्यक्ति आउने शंका पाउनासाथ प्रहरी प्रधान कार्यालयको टोली विमानस्थल पुगेको थियो। दुई जना अलकायदा निकट व्यक्ति आउने खबर अन्तर्राष्ट्रिय गुप्तचर संस्थाले नेपाल प्रहरीलाई दिएको भएपनि एक जना दोहामै लुके भने एक जना प्रहरी फन्दामा परे। अहिले ती पक्राउ परेका व्यक्तिबारे भारत र अन्य मुलकका सुरक्षा अधिकारीले पनि चासो देखाइरहेका छन्। जन्म मिति २५ डिसेम्बर १९७९ भएका शेर आलामले ठमेलको पिलग्रीम गेष्ट हाउसमा कोठासमेत बुक गरिसकेका थिए। शेर आलाम नेपालमा कुन उद्देश्यले आए भन्नेबारे कुनै जानकारी दिएको छैन। यसअघि २०६४ पुस २ गते अपहरण परेपछि ७७ लाख रुपैयाँ फिरौती बुझाएर व्यवसायी महेश मुरारका छुट्दा तथा गत जेठ २८ गते जगदम्बा स्टिलका मालिक सञ्जय सुरेश अपहरण पर्दा पनि नेपालको सुरक्षा निकाय सशंकित भएको थियो। त्यसबेला २ लाख अमेरिकी डलर दिएर १३ असारमा दुबईमा फिरौती हुण्डीमार्फत् बुझाएर सुरेश रिहा भएका थिए। त्यसबेलादेखि नै नेपाल विश्व आतंकवादीहरुको क्रिडास्थल बन्न थालेका नेपालका व्यवसायीले आशंका गरेका थिए, जुन अहिले पुष्टी हुँदै गएको छ। अलकायदाको संगठित सदस्य भएर काम गरिरहेको भनिएका कैलालीका कमाण्डर शेरा भनिने मनिराम चौधरी, सहायक कमाण्डर सुहाग चौधरी, रोहित चौधरी, जयलाल चौधरी, सीताराम चौधरी र नरेश चौधरी अहिले प्रहरी खोरमा रहेपनि उनीहरुले आतंक मच्चाएर पैसा मात्र असुल्ने गरेको केहीको भनाइ छ। एक वर्ष पहिले गत असारमा डाक्टर असलम खान भन्ने व्यक्तिको हातबाट सदस्यता लिएर कैलालीमा अलकायदाको संगठन विस्तार गरेको यिनीहरुले बताएका छन्। डाक्टर असलम भारतको नयाँदिल्लीमा बस्दै आएका छन्। उनकै हस्ताक्षर रहेको पत्र कैलालीमा पक्राउ परेका सदस्यको साथबाट बरामद भएको छ। यो समूहले विभिन्न व्यापारिक प्रतिष्ठानका मालिकसँग ठूलो रकम चन्दा माग्ने र अपहरणको योजना बनाइरहेको पनि खुलेको छ। यो गिरफ्तारी र दबदबापछि तयार भएको उच्च सुरक्षा रिपोर्टमा नेपाल अन्तर्राष्ट्रिय अपराधी र आतंकवादीलाई संरक्षण दिने भूमि बन्दै गएको निष्कर्ष निकालिएको छ। नेपाल प्रहरीको डेटा रिट्रेबल सिस्टम कम्जोर भएकाले नेपालमा छिरेका अपराधी सहजै लुकेर बसेको र उनीहरुले यहाँबाट भारत तथा चीन र अरु पश्चिमा देशमा सम्पर्क गरेर आतंक मच्चाउने गरेको देखिएको एक प्रहरी अधीकृतले स्वीकारेका छन्।
कसरी सुरु भयो चलखेल? २०५६ साल पुस ९ गते नेपालको आकासबाट जब इण्डियन एअरको जहाज अपहरण भयो, तब नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय आतंकवादको समस्या देखा पर्योब। यही कारण नेपालमा अनावश्यक अन्तर्राष्ट्रिय सुरक्षाकर्मीको आवातजावत पनि बढ्यो। अहिले यही अलकायदा सदस्यको गिरफ्तारीलाई उछालेर भारत सरकारले एअर मार्शल (हतियार सहितको सुरक्षा दस्ता) विमानमा राखेर मात्र उडान भर्ने दवाव लगातार दिन थालेको छ। भारतले आफ्नो विमान र यात्रुको सुरक्षाका लागि नेपालतर्फ उड्ने हरेक विमानमा सुरक्षाकर्मी राख्ने प्रस्ताव नेपाल सरकारलाई पठाइसकेको छ। यदि भारतको यो प्रस्तावलाई नेपालको गृहमन्त्रालयले स्वीकार गरेमा काठमाडौं विमानस्थलमा हतियारसहितका भारतीय सेना ओहोर दोहोर गर्नेछन्। कुनै एक देश र क्षेत्रमा मात्र सीमित नभई विश्वभर फैलिएको अलकायदाको संगठन विश्वको सबैभन्दा गोलबद्ध र खतरनाक संगठन हो। आत्मघाती आक्रमणबाट प्रेरित अलकायदासँग लडाकुका अलावा हजारौं मिलीसीया छन्। धेरै देशमा अलकायदाको आफ्नै संगठन तथा स्थानीय लडाकुहरुको साथ रहेको छ। ओसामा बिन लादेनको उदय अमेरिकी सहयोग, प्रोत्साहन र संरक्षणमै भए पनि अहिले उनी विश्वकै टाउको दुःखाइ बनेका छन्। प्यालेष्टाइनी नेता डा. अब्दुल्लाह आजामले पेशावरमा अफगानी मुजाहिद्दिनलाई सहयोग गर्ने उदेश्यले मक्तवा अल खिदमत नामक संगठन खोलेका थिए। जसमा आजाम प्रमुख र लादेन उपप्रमुख थिए। लादेनले सन् १९८० को जुनमा आजामबाट फुटेर अरब ब्रिगेड खोलेका थिए। अलकाइदा वा आधार क्षेत्र भन्ने शब्द पनि आजामले एक लेखमार्फत् लेखेको अन्तर्राष्ट्रिय गुप्तचर संस्थाहरुको रिपोर्टले देखाएको छ। केही समयपछि आजामको हत्या भयो। आजामको हत्यामा लादेनकै हात रहेको अनुमान गरिएको छ। सन् १९८७ को जुनमा अफगानिस्तानको जाजीमा शिविर खोलेर बसेका लादेनको अलकायदाका लडाकू र सोभियत फौजबीच भएको भिडन्त संसारभर चर्चा बनेको थियो। जुन, लादेनलाई चर्चामा ल्याउने पहिलो घटना थियो। अहिले अलकाइदाको अमेरिका, यूरोप, अष्ट्रेलिया, अफ्रिका र एसियाका ४० देशमा संगठन रहेको छ। लादेन अहिले तालिवान नियन्त्रित अफगानिस्तान एवं सुडानका आफ्ना आश्रयस्थलमा लुकेको हुनसक्ने अनुमान छ। सन् १९८० मा अफगानिस्तान पुगेका लादेनले त्यहीँ बसेर अरबी मुलुकका लडाकु परिचालन गर्न र तालिम शिविर चलाउन थालेका थिए। सन् १९८९ मा अफगानिस्तानबाट सोभियत सेना फिर्ता भएपछि लादेन साउदी अरब फर्किएका थिए। पछि सुडान गएका लादेनले सोमालिया, दक्षिण यमन र साउदीको रियादमा भएका अमेरिका विरोधी आतंकवादी कारवाहीमा उनकै हात रहेको आशंका गरियो। साउदीले लादेनलाई 'अवाञ्छित व्यक्ति' घोषणा गर्दै उनको नागरिकता खारेज गर्ने एवं सम्पत्ति रोक्का गर्ने निर्णय गर्योे। सुडानमाथि आतंकवादीलाई आश्रय नदिन अन्तर्राष्ट्रिय दबाब बढ्यो र सुडानमै साउदी इन्टेलिजेन्सले उनको हत्या गर्ने प्रयास पनि गर्योआ। यिनै कारण लादेन सन् १९९६ मे मा फेरि अफगानिस्तान फर्किए र अहिलेसम्म त्यहीं रहेको बताइन्छ।
एसियामा अलकायदा अहिले अलकायदाका सदस्य अधिकांश पाकिस्त्ाानी नागरिक छन्। र, तिनै सदस्यले दक्षिण एसियामा संगठन बिस्तार गरिरहेका छन्। नेपालमा २०५२ साल फागुन १८ गते अलकायदा निकट भनिएका अजमुद्धिद मुस्लिम पहिलो पटक पक्राउ परेका थिए। त्यसपछि २०५३ साल असार २ गते लतिफ अहमद वाजा, मिर्जा निसार हुसेन र मोहम्मद किल्ले पक्राऊ परे। २०५३ साल भदौ ३१ गते सर्फराज पक्राऊ परे तर लगत्तै तत्कालीन नेता मिर्जादिल सादवेग र मोहम्मद मोहसीनको दवावमा उनीहरुलाई नेपाल सरकारले छाड्यो। २०५३ मंसिर ३० गते मञ्जुर अहमद देन्पोस, २०५३ पुस १ गते फैयज अहमद साह र २४ गते मोहम्मद सकिल सिद्धिकीलाई नेपालमा पक्राउ परे। २०५५ साल कार्तिक २९ गते लखवीर सिंह, २०५७ भदौ १८ गते मोहम्मद मुस्तक राह र मुस्ताक अहमद राह काठमाठौमा शक्तिशाली हतियार र विस्फोटकसहित पक्राऊ परे। असोज २३ गते मल्लिक हविव, चैत २९ गते मोहम्मद अर्सद चिमा र २०६० मंसिर १७ गते अब्दुल वाही काठमाडौमा भेटिए। २०६१ साउन २९ गते र भदौ ५ गते नेपाल प्रहरीले आतंकवादी गिरोहका सदस्य हाजी जमाल खान, हाफिज मोहम्मद हुसेन, रमजान मियाँ, सज्जाद आलम, अमीर जाफर, वसिर मिया, एजोज अहमद दादु र मुस्ताक अहमद दादुलाई पक्रियो। यसपछि पनि नेपालमा धेरै आतंकवादीहरु भेटिएका छन् र उनीहरु खाडी मुलुकबाट आउने बिमानबाटै नेपाल आएका हुन्। उनीहरुको गन्तव्य कि भारत कि युरोपेली मुलुक नै हुने गरेको छ। अलकायदाको संगठन दक्षिण एसियाको पाकिीतानमा निकै बलियो संगठन छ भने अफगानिस्तान र भारतमा पाकिस्तानबाटै आतंकपूर्ण गतिविधि हुने गरेको छ। नेपाल प्रहरीको पछिल्लो प्रतिवेदनअनुसार अहिले अलकायदाका निकै सदस्यहरु नेपाल भित्रिएका छन् र गत जुलाई १५ मा पासपोर्ट नं. वि.जेड. ५१९०४५१ भएका पाकिस्तानी नागरिक अव्दुल मेजद शेख र हिलाल अहमद भने काठमाडौं विमानस्थलबाटै कराँची उडेका छन्। तिनीहरुलाई पक्रन नेपाल प्रहरीलाई भारतको अनुसन्धान ब्यूरो सिविआईले समयमै सूचना नदिएकाले उनीहरु उम्केका हुन्। १९९३ मार्च १२ मा भारतको मुम्बई र भारतीय संसद्माथि शृङ्खलावद्व आक्रमण भए। ११ जुलाई २००६ मा अर्को शृङ्खलावद्व आक्रमणको शिकार बन्यो भारत। पछिल्लो समय नोभेम्बर २७, २००८ मा मुम्बईका पाँचतारे होटलमा एकसाथ आतंकवादी हमला भयो। यी सबै घटनामा कुनै न कुनै रुपमा अलकायदालगायत पाकिस्तानमा रहेका अतिवादी लडाकुको हात रहेको भारतले आरोप लगाउँदै आएको छ। सीमापारीका आतंकवादी संगठनबाट कुनै पनि दक्षिण एसियाका देश सुरक्षित छैनन्। पर्याप्त हतियार, पैसा र तालिमप्राप्त अलकायदाले नेपाली भूमि किन प्रयोग गर्दैछ त? यो प्रश्नको चित्तबुझ्दो जवाफ नेपालको सुरक्षा निकायसँग पनि छैन।
भारत–पाक तनाव र नेपाल पाकिस्तानी नागरिकले नेपाली भूमि दुरुपयोग गरिरहेको माथिको तथ्याङ्कले पनि देखाउँछ। २०५९ साल चैत ३० गतेनेपालमा तीन वर्षे कार्यकाल सकेर पाकिस्तान फर्किन लागेका पाकिस्तानी दुतावासका कन्सुलर शाखाका प्रथम सचिव मोहम्मद अर्सन चीमा जब पक्राउ परे त्यसपछि लगातार भारतले नेपालमाथि कुटनीतिक दबाब दिन थालेको हो। उनी त्यसबेला पृथ्वी राजमार्गको मर्स्याङदी–खैरेनी सडकखण्ड निर्माणको ठेक्का पाएको पाकिस्तानी निर्माण कम्पनी सचल इञ्जिनियरिङको बानेश्वरमा रहेको कार्यालयको भवनबाट १७ किलो प्लास्टिक एक्सप्लोसिभसहित पक्राउ परेका थिए। साथमा उनकी श्रीमती रुबीना पनि। पाकिस्तानी दुतावासको कर्मचारी भएर पनि उनीहरु घर फर्कने तयारीका लागि भन्दै बानेश्वरमा बसेको दुई दिन भएको थियो। उनीहरु त्यहाँ बसेको घरमा गम्भीर प्रकृतिको विस्फोटक पदार्थ रहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरु विस्फोटक पदार्थसहित पक्राउ परेका थिए। लगत्तै नेपाल सरकारले पर्सन नन् ग्राटा अर्थात् अबाञ्छित व्यक्तिको सूचिमा राखेर देश निकाला मात्रै गर्यो । उनी त्यसअघि पनि २०५६ पुसमा पनि नक्कली भारुसहित नेपालमै पक्राउ परेका थिए। त्यस्ता अपराधीलाई चुपचाप सुपुर्दगी गरेको भन्दै त्यसमा भारतले गम्भीर आपत्ति जनाएको थियो। यो घटनालगत्तै पाकिस्तान सरकारले उनलाई सबैखाले सेवाबाट हटायो। र, उनी आतंकवादी संगठनमा संलग्न भए। त्यसअघि उनी पाकिस्तानी सेनाको फोर्थ पञ्जाव रेजिमेण्टबाट अवकास लिएपछि १९९१ देखि गुप्तचर संस्था आई.एस.आई.मा आबद्ध भएका थिए। उनले नेपालमा त्यसपछि आई. एस.आईको प्रतिनिधि बनेर काम मात्र गरेनन् संगठन पनि बिस्तार गरे। उनले नेपालमा काम थाल्नुअघि नै २०५६ पुस ९ गते विमान अपहरण योजना बनाएको र त्यसअघि पनि नेपालमा आर.डि.एक्स जस्ता विस्फोटजन्य सामग्री आयात निर्यात गरेको भन्दै आई.एस.आईले पुरस्कृत गरेको सम्मको प्रतिवेदन भारतको गुप्तचर संस्था रअ ले निकालेको थियो। पाकिस्तानको पञ्जाव प्रान्तमा ५३ वर्षपहिले जन्मेका उनी पाकिस्तानको सियालकोट इलाकामा बस्दै आएका छन्। जहाँ अलकायदा तथा अरु विभिन्न आतंककारी संगठनको चलखेल हुने गरेको छ। अहिले सेना तथा गुप्तचर संस्थामा रहेको आधारमा पनि उनको संयन्त्र निकै बलियो देखिएको छ, जसले नेपालमा राम्रै प्रभाव बनाएका थिए। उनी नेपालबाट निकालिएपछि पाकिस्तान सरकारले नेपालमा अब्दुल माजिदलाई खटायो। उनले पनि आई.एस आईका लागि काम गरे र भारतीय गुप्तचर सस्था रअ का विरुद्ध धेरै काम गरे। उनले नेपाल व्यूरो सम्हालेकै समयमा २०६३ असार २७ गते मुम्वईमा बम हमला भयो। त्यो हमलामा पनि नेपाली भूमि प्रयोग भएको भारतीय समाचार संस्थाले दावी गर्दै आएका थिए। त्यही आरोप र अनुमान चलिरहेका बेला २०६५ भदौ १९ गते भारतीय राजदुतावासको इन्टेलिजेन्स व्यूरोका प्रमुख डिआईजि अरविन्द्र कुमारको सूचनाका आधारमा सलिम अव्दुल गानी अर्थात् अस्फाक अहमद साह र रियाज अबुकारलाई गिरफ्तार गर्योर। यिनीहरु नेपालमा होटल तथा म्यानपावर व्यवसायीका रुपमा काम गर्दै आएका थिए। नेपालमा उनीहरुविरुद्ध कुनै अभियोग नरहे पनि भारतले मोष्टवान्टेडको सूचिमा राखेकाले नेपाल प्रहरीको महानगरी प्रहरी अपराध महाशाखामार्फत् उनीहरुलाई भारत बुझायो। चैत २० गते उनीहरु भारत पुगे र नेपाल प्रहरीले यसबारे सामान्य सूचनाबाहेक केही दिएन। पटके चोर पक्रँदासमेत पत्रकार सम्मेलन गर्ने नेपाल प्रहरीले यी र यस्ता घटनाबारे नेपाली मिडियालाई केही नबताए पनि भारतीय सञ्चारमाध्यमले भने यी दुई आरोपीको गिरफ्तारी र सुपुर्दगी गरेर नेपाल प्रहरीले इमान्दार गल्ति गरेकोसम्म टिप्पणी गरेका थिए। त्यसबेला नेपालका लागि भारतीय गुप्तचर प्रमुख आलोक जोशी थिए र उनले पक्राउ परेका दुई अभियुक्तलाई तत्काल सुपुर्दगी गर्न नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक नवराज सिलवाललाई भारतीय दुतावास मार्फत् दबाब दिएका थिए। त्यसवेला प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाने तालिका तय भइसकेकाले भारतले यसैलाई बार्गेनीङ पावरको रुपमा लिएको थियो। नत्र प्रचण्डको भारत भ्रमणमा यो मुद्दाले राम्रै स्थान पाउने थियो। त्यसैले सहजताका लागि प्रहरीले ती मुम्बई हमलाका दुई अभियुक्तलाई भारतको जिम्मा लगायो। नेपाल र भारतबीच यस्ता अभियुक्त हस्तान्तरणका लागि खास सन्धि भएको छैन र यसरी आपराधिक गिरोहका सदस्य बुझाउनु सम्झौता बाहिरको प्रक्रिया हो। काठमाडौं प्रहरीको टेररिष्ट सेलले १९९४ को जुलाई २४ मा पनि भारतको बम हमलामा संलग्न भनिएका याकुव मेमनलाई पक्रेर कसैलाई थाहै नदिई भारतको जिम्मा लगाएको थियो। नेपाल र भारत तथा नेपाल र पाकिस्तानबीच त्यस्ता असमझदारी केही नरहे पनि यी दुई छिमेकीले नेपालको भूमि प्रयोग गरेर एक अर्कामाथि जाइलाग्ने गरेको अवस्था छ। जबजब नेपालका सरकार प्रमुखहरु भारतको भ्रमणमा जाने तालिका बन्छ तबतब भारत र नेपालका बीचमा आरडिएक्स, नक्कली भारु, अलकायदाको चलखेल अनि असुरक्षाको कुरा उठाएर भारतले नेपाललाई अप्ठ्यारोमा पार्ने गरेको छ। अहिले पनि प्रधानमन्त्री माधव नेपालको भारत भ्रमण तय भइसकेपछि यी र यस्तै चलखेलका तथ्य बाहिर आएको छ। जुन तथ्यका आधार र सूचना भारतको सूचना व्यूरोले नेपाल प्रहरीलाई दिन्छ र नेपाली भूमिमा उनीहरु पक्राउ पर्छन्। अहिले पनि यस्तै भएको छ। भारतले नेपाली आकासमा उड्ने आफ्ना विमानमा एअर मार्शल (हतियार सहितको सुरक्षा दस्ता) राखेर मात्र उडान भर्नेदेखि अलकायदाको आतंक नियन्त्रणका लागि आवाश्यक गुप्तचर संयन्त्र बढाउने सम्मका नयाँ नयाँ मुद्दा उठाएको छ। जसलाई क्षेत्रीय सुरक्षाका हिसावले र भारतको कुटनीतिक दाऊपेचका हिसावले पनि हेर्नु विश्लेषणा जरुरी छ। किनकि, नेपालमा अलकायदा र उसँग सम्बन्धित संगठनको चलखेल बढेको हो तर पनि यो मुद्दा सधैं भारतले बार्गेनिङ इस्यूका हिसाबले मात्रै उछाल्ने गरेको छ। अनि यो भारतको लहैलहैमा लागेर अमेरिकी गुप्तचर सस्था सि.आई.ए.का एजेण्टसम्म अहिले काठमाडौमा ओइरिएका छन्। र, अलकायदाको चलखेलबारे अनुसन्धान गरिरहेका छन्।

दीपक रिजाल
मिटरवाला टयाक्सीले मिटर ‘अर्थिङ’ गरेर यात्रुलाई अब ठग्न नसक्ने किसिमको प्रविधिको विकास भएको छ।
ट्राफिक प्रहरी महाशाखा र फोकस वन नामक संस्थाको संयुक्त पहलमा कुनै टयाक्सी चालकले यात्रुलाई ठग्ने मनसायले मिटरमा बढी रकम उठाउने काम गर्यो भने ४३२१ मा एसएमएस गर्नासाथ ट्राफिक प्रहरीले टयाक्सी चालकलाई ठाउँको ठाउँ पक्राउ गर्ने भएको छ।
एउटा एसएमएस गरेबापत २ रुपियाँ लाग्ने बताइएको छ। एसएमएस पठाउनासाथ टयाक्सी भएको स्थान प्रहरीले पत्ता लगाउने समेत जनाइएको छ। उपत्यकामा चल्ने ७ हजार ५ सय मिटर टयाक्सीमध्ये धेरै जसो टयाक्सीले मिटरमा ‘अर्थिङ’ गरेर यात्रीहरू ठगिएको गुनासो बढेपछि महाशाखाले ‘फोकस वन’ नामक संस्थासँग मिलेर उक्त कार्यको थालनी गरेको महाशाखा प्रमुख प्रहरी उपरीक्षक रविराज क्षेष्ठले जानकारी दिनुभयो।
यसअघि सो संस्थाले राजधानीका विभिन्न ठाउँमा हुने जामको बारेमा जानकारी लिन ४३२१ मा एसएमएस गरेपछि कुन ठाउँमा जाम छ त्यसको बारेमा जानकारी दिने गरेको थियो। पहिले उपत्यकामा मात्रै लागू गरिएको उक्त सेवालाई अब देशभर मुख्य राजमार्गमा लागू गरिएको ‘फोकस वन’ का अध्यक्ष अजित शाहले जानकारी दिनुभयो। नेपाल टेलिकम, मेरो मोबाइल र यूटीएलको मोबाइल प्रयोगकर्ताहरूले उक्त सेवा लिन सक्ने अध्यक्ष शाहले जानकारी दिनुभयो।
सो संस्थाले निकट भविष्यमा नै अदालतमा मुद्दा खेपिरहेका र्सवसाधारणलाई अदालतमा विचाराधीन रहेको मुद्दाको बहस कुन समय र कति नम्बरमा परेको छ त्यो थाहा पाउने सफ्टवेयरको समेत विकास गरी एसएमएस गरेर थाहा पाउने काम पनि शुरुआत हुने अध्यक्ष शाहले बताउनुभयो। उपत्यकामा ४ सय ६५ प्रतिशतले सवारीसाधन वृद्धि भए पनि त्यसअनुसारका पूर्वाधार नभएकाले ट्राफिक जाममा कमी ल्याउन ट्राफिक प्रहरी महाशाखा लागिपरेको एसपी श्रेष्ठले जानकारी दिनुभयो।
श्रोत: समाचार पत्र
वीरगन्ज साउन २४ - बा
रा प्रहरीले शुक्रबार राति पथलैयाबाट हतियारसहित ३ युवकलाई पक्राउ गरेको छ। गस्तीमा निस्केको टोलीले चेकजाँचका क्रममा राति पौने ८ बजे बारा करैया-८ का वर्ष २२ का रोहित कुशवाह, रौतहट पथरियाका वीरबलप्रसाद कुशवाहा र बारा हरैया-६ का काशिप्रसाद तिमल्सिनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरीक्षक डम्बरबहादुर चन्दले बताए।उनीहरुको साथबाट अमेरिकन पेस्तोल एक थान, नलकटुवा एक थान र तिनमा लाग्ने गोली बरामद भएका चन्दले बताए। पक्राउ परेकामध्ये रोहित कुशवाह वाइसिएलका सदस्य हुन्। उनको साथबाट अत्याधुनिक अमेरिकन पेस्तोल र त्यसमा लोड हुने ६ थान गोलीसमेत भेटिएको छ।उक्त हतियार नेपाली सेनासँग मात्र रहने प्रहरी निरीक्षक चन्दले बताए। रोहितका दाजु दीपक कुशवाह माओवादी सेना हुन। हाल उनी शक्तिखोरस्थित माओवादी शिविरमा रहेको रोहितले बताए।