अनायास मेरो मस्तिकमा आज,
तिम्रो तस्बीर छाईरहेछ
भन सकिनँ किन हो कुनी आज,
मलाई यस्तै भै रहेछ
निन्द्राबाट ब्यूझाई दिन्छ,
तिम्रै सपनाले
छाती पोल्छ आत्मा जल्छ,
तिम्रै कल्पनाले
रात दिन साँझ बिहान सताउँछ,
तिम्रै स्मृतिले
आँसु झर्छ यी दुई नयनबाट,
तिम्रै अभिव्यक्तिले
झस्किन पुग्छ यो मन सधै,
तिम्रै आहतले
सुन्यता छाउँछ मुटु कांपछ,
आफ्नै मर्माहतले
तर पनि आँखामा तिम्रै छबी
हाँसी रहेको देख्छु
अनी ती बिछोडिएका क्षण
सम्झी धुरु-धुरु रुन्छु
कहिले एकान्तमा पनि तिम्रै
समीपता महशुस गर्छु
त्यसैले आज संसारको सबै
छाडी तिम्रै सम्झना गर्छु
0 प्रतिक्रिया:
Post a Comment
कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!