Monday, August 13

सम्झना शक्ति बढाउने ६ उपाय..

मान्छेको उमेर जति बढ्दै जान्छ सम्झिने शक्ति भने त्यति नै कम हुँदै जान्छ, यो कुरा हामीहरुले देख्दै आएको र सुन्दै अनि भोग्दै पनि आएको कुरा हो. कहिले आफ्नो नजिक अचानक कुनै चिनेको व्यक्ति आउदा पनि उसको नाम बिर्सेर केगरौ के नगरौ दिमागले काम नगरेको त हामीहरुले भोगे कै हो..त्यसैले आज त्यस्तै समस्या उपाए...  
तल दिएका ६ उपाय प्रयोग गरि हेर्नु, दिमाग एकदम तेज चल्न थाल्छ 

  १)    बढ्दै गएको उमेर संगै धेरै सुत्ने, गलत आचरण, अत्यधिक सहबास, कुनै पनि प्रकारको नशा, ध्रुम्रापन सेवन, अबेर सुत्ने अबेर उठ्ने, दिनमा सुत्ने या आबश्यक पोषक तत्वको कमी आदिले गर्दा समरण शक्ति कमजोर बनाउँछ, यदि तपाई पनि बार-बार बिर्सिने समस्या बाट ग्रस्त र परेशान भै रहेको छ भने अपनाउँ तल दिएका केही उपाय...

२  
  २) दालचीनीको धुलो पाउडर १० ग्राम मह (कस्ती) मा मिलाएर चाटनुस, यसले कमजोर दिमागको राम्रो औषधी गर्छ अदूवा, जीरा र मिश्री तिन चिज पिसेर सेवन गर्दा कमजोर समझना शक्ति भएकाकोलागि लाभदायक हुन्छ  



  ३) आधा खाना खाई सके पछी हरियो अमलाको रसमा ३० ग्राम पानि मिसाएर पिउनुस् फेरी आधा खाना खानुस् यसरी २१ दिन सेवन गर्नु सम्झना शक्ति बढ्छ। 







        ४) ओखरले पनि स्मरण शक्ति बढाउनमा फाईदा गर्छ यसको नियमित सेवन फाइदा जनक हुन्छ२० ग्राम ओखर र साथमा १० ग्राम किशमिश पनि लिन सक्नु  हुन्छ





   ५) बदाम ५ वटा बेलुका पानीमा भिजाई बिहान बोक्रा निकाली पिसेर लिदो बनाउँनु, अनि त्यसमा २ चम्चा मह पनि मिसाउनु अब एक गिलास तातो दूध्दमा बदामको पेस्ट राखेर हलाउनुस र सेवन गर्नुस यो मिश्रित दुध्द पिएर दुई घण्टा सम्म केहि नखानुस्




   ६) ब्राह्मी दिमागको शक्ति बढाउने प्रख्यात जडिबुटी हो हरेक दिन यसको एक चम्च रस पिउदा लाभदायक हुन्छ, यसको ७ वटा पात चपाएर खाँदा पनि त्यहि लाभदायक हुन्छ, ब्राह्मीमा एन्टी ऑक्सीडेंट तत्व पाईन्छ जसले दिमागको शक्ति बढाउँन थाल्छ






0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails