धेरै भो तिम्रो बोली
नसुनेको मनै खडेरी भो
सम्झना मै थिएँ कतै एक्कासी
झस्किन पुगेछु
टाढा तिमी भए देखी मेरो साथ अधुरो भो
तिम्रो स्मृतिको छट्पटीले
रात कटाउन गाह्रो भो
यादमा टोलाए बस्दा पनि दिन बिताउन
साह्रो भो
भुल्ने कोशीस् पनि गरेकै
हो, तर साथै शराबी भो
बेहोसी हुन नशा पनि गरेकै हो, तर मातै अपुरो भो
कसैले सुम्सुम्याइ झैँ
लाग्यो, खै कसको आगमन हो
कुनै दिन फूलेकै थियो फूल, मेरो
जिन्दगीमा पनि
तर, चुडी लग्यो कसैले मेरो
फूल, नजरै बेईमानी भो
0 प्रतिक्रिया:
Post a Comment
कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!