आज सम्म हामीहरु सधै सफा अनि हेर्दा राम्रो देखिने तरकारी मात्र मन पराउदै अनि किन्दै आएका थियौं।
तर आजको नागरिक दैनिकमा प्रकासित एउटा लेख पढ्दा हैरान मात्र हैन एक पल्ट सोच्न बाध्य पनि बनाई दियो।
न पत्याए पढेर हर्नु यो लेख आफै थाहा पाउनु हुनेछ..
तपाईं बजारमा काउली किन्दै हुनुहुन्छ भने केमा ध्यान दिनुहुन्छ? पक्कै पनि किरा नभएको र सफा। वनस्पतिविद तीर्थबहादुर श्रेष्ठको बानी भने ठीक उल्टो छ। जुन काउलीमा किरा देखिन्छ, त्यही छान्छन्।
हरेक बिहान घरनजिकै सानेपाचोकमा ओल्टाइपल्टाइ गरेर तरकारी किन्छन् उनी। जुन काउलीमा किरा भेटिन्छ, त्यही जोख्न लगाउँछन्। ‘सफा र राम्रो देखिँदैमा त्यो तरकारी स्वास्थ्यवर्द्धक हुन्छ भन्न सकिँदैन,' श्रेष्ठ भन्छन्, ‘तरकारी जति सफा र राम्रो देखिन्छ, त्यत्तिकै विषादीयुक्त हुनसक्छ।'
दशबाह्र वर्षअघि पाँचखालबाट आएको तरकारी नखानू भन्थे रे। त्यतिखेर पाँचखालका किसानले किटनाशक विषादी अत्याधिक प्रयोग गर्ने गरेको उनी बताउँछन्। यतिसम्म कि बजारमा बेच्ने र घरमा खाने तरकारी छुट्टाछुट्टै उत्पादन गर्छन् भन्ने
हल्ला चलेको थियो। अहिले पाँचखालको मात्र कुरा रहेन। तरकारीमा किटनाशक विषादी प्रयोग गर्ने चलन जताततै छ।
बाली विविधिकरण आयोजनामा हुँदा श्रेष्ठको टोलीले यसै विषयमा एक अध्ययन गरेको थियो लमजुङको तांग्रिन गाउँमा। त्यसका लागि स्विजरल्यान्डकी एक प्रशिक्षार्थीले उक्त गाउँमा लामो अध्ययन गरेकी थिइन्। श्रेष्ठ भन्छन्, ‘त्यो अध्ययनबाट विषादी हालेको तरकारी सफा र किराकिरी नभएको तथा विषादी नहालेको तरकारी किराकिरी भएको, अलि फोहोरजस्तो पाइएको थियो।' त्यसपछि श्रेष्ठले तरकारी किन्ने बानी परिवर्तन गरे।
बाँकी अंश.....