जिन्दगिमा कति बेला कस्ता मोडहरु आऊन्छ, यदि त्यो पहिले नै थाहा भएको भए सायद गल्ति कसै बाट पनि हुन्दैन होला। अनी कसैले प्रेममा धोखा अनि पिडा पनि खेप्नु पर्दैन।
चिनजान धेरै लम्बिन नपाउँदै तिमीसँग यात्रा गरें, मात्र मोबाइल फोनबाट चिनजान भएको थियो, तै पनि यती धेरै बिश्वास अनी भरोसा थियो हामी दुबैमा। आजको समाजमा स्वार्थ बिना एक पाईला चल्दैन तर पनि हाम्रो त्यो निस्वार्थ प्रेम एक आपसमा धरै गहिरो र निश्चल थियो।
समयको गतिसँगै सबै कुरा आ-आफ्नो अवस्थालाई पार गर्दै व्यस्त भैरहेको थियो। यस्तै समयसँगै दौडने क्रममा हामी दुबै बिच त्यो सबै हुदै गए जुन प्रेमी प्रेमिका बिचमा हुन्थ्यो। प्रकृतिले पनि हाम्रो साथ दिन्दै थियो। तिमिलाई म आफूलाई भन्दा पनि बढी माया गर्छु र तिमि नै मेरो संसार हो, मेरो खुसी, रोदन, हाँसो सबै तिमी हो । तिमीलाई सम्झँदा मात्र पनि मनका सबै पीडा बिर्सन्छु अनि डुब्न थाल्छु हाम्रो त्यो बिगतमा सम्झनामा र न्यानो स्पर्शमा । मलाई तिम्रो यति माया लाग्छ कि, जस्तोसुकै परिस्थितिमा पनि बिर्सन सक्दिन, तर बाध्यता छ, अनि सम्झन्छु पहिलेका ती मायाका भावनाहरू, ती स्पर्श र न्यानो साथ अनि सुरु हुन्छन् आँसुका वर्षाहरू... मेरो मन यति पिरोलिन्छ, यति अतालिन्छ, के गर्ने ? जता गए नि हुन्न उता गए नि हुन्न । अझ कुनै त्यस्तो क्षण सम्झिन्दा त तिम्रो एकदम याद आउँछ ।
बाँकी अंश.....